अमेरिकी सेनालाई निकाले कडा प्रतिबन्धको चेतावनी

एजेन्सी – अमेरिकी सेनालाई देश छाड्न इराकी संसदले विशेष प्रस्ताव पारित गरेलगतै राष्ट्रपति डोनल्ड ट्रम्पले कडा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । अमेरिकी सेनालाई देश निकाला गरे इराकमाथी कडा प्रतिबन्ध लगाउने चेतावनी दिएका हुन् ।
‘इराकमा हामीले निकै महँगो खर्च गरेका छौ । निकै महँगो हवाई अखडा त्यहाँ छ । त्यो बनाउन अर्बौँ डलर खर्च गरेका छौ । त्यो रकम नतिरेसम्म हामी इराके छोड्दैनौँ,’ राष्ट्रपति ट्रम्पले भन्नुभयो ।
अमेरिकाले इरानी सेनाका जनरल कासिम सुलेमानीलाई बग्दादमा मारिदिएपछि मध्यपूर्वमा तनाव बढ्दै गएको छ । इरानले ट्रम्पको टाउकोको मुल्य तोकेको छ भने ट्रम्पले अत्याधुनिक हतियारबाट आक्रमण गर्ने चेतावनी दिएका छन् ।
सुलेमानी इरानको इस्लामिक रेभलूशनरी गार्ड्स कोर (आईआरजीसी) अन्तर्गत रहेको विशेष सैन्य बल (कूड्स फोर्स)का प्रमुख थिए । सुलेमानी मारिएपछि इराकले अमेरिकी सैनिकलाई देश निकाला गर्ने प्रस्ताव आफ्नो संसदबाट पारित गरेको छ ।
लगतै राष्ट्रपति ट्रम्पले ‘यदि इराकले अमेरिकी सेनालाई अमित्रवत् रूपमा देश छोड्न भन्यो भने इराकविरुद्ध प्रतिबन्धहरू लगाउने छौ । यो उनीहरूले पहिला कहिल्यै नभोगेको प्रतिबन्ध लगाइदिनेछौँ । त्यसले इरानविरुद्ध लगाइएको नाकाबन्दीलाई पनि फिक्का पारिदिनेछ ।’ इराकमा झन्डै पाँच हजार अमेरिकी सैनिक छन् ।


error: यो सुविधा उपलब्ध छैन !