कसले जित्ला दिल्लीको दिल ?

डेस्क : भारतको महत्वपूर्ण शहर मानिने दिल्लीको दिल यो पटकको विधानसभा चुनावमा कस्ले जित्ला भनेर, चर्चाको विषय बनेको छ । राजनीतिका खेलाडीहरुको भाषामा दिल्ली दूर नहि भन्ने भनाई खुबै चलन चल्तीमा छ ।
भारतको राजधानी नयाँ दिल्लीमा अहिले चुनावी सरगर्मीमा छ । मौषम चिसो भएपनि ७१ औं गणतन्त्र दिवस मनाएसँगै दिल्लीको तापक्रममा राजनीतिक सरगर्मी बढ्दो छ ।
कुल मतदाता मध्ये करिव १२ प्रतिशत मुस्लिम समूदायको बाहुल्यता रहेको दिल्ली विधान सभामा कुल ७० सिट संख्या छ । दिल्लीमा ८ सिट आरक्षित छन् । दिल्लीका बल्लिपुरम, सिलामपुर, ओखला, मुस्तफाबाद, चाँदनीचोक, मटिहा, बाबापुर लगायतका क्षेत्रमा ३५ देखि ६० प्रतिशत मुस्लिम मतदाता रहेका छन् ।
पछिल्लो लोकसभा चुनाव २०१९लाई आधार मान्ने हो भने त्यहाँ ४१ लाख भन्दा बढी मत मत इण्डियन नेशनल काँग्रेसका पक्षमा खसेको थियो । त्यसैगरी ३७ लाख जति मत भारतीय जनता पार्टीको पोल्टामा थिए मतदाता । साथै आम आदमी पार्टीको भागमा १३ लाख जति मत भागमा परेको देखाउँछ ।
नयाँ दिल्लीमा चुनाव अघि गरिएका केही मत सर्वेक्षणले त्यहाँको रुलिङ पार्टी आपले ५९ सिट जित्न सक्ने अनुमान गरेको छ । त्यहीं अर्को सर्वेक्षणले ५४ देखि ५९ सिटमा विजयी हुने देखाएको छ । भारतीय जनता पार्टीले मत सर्वेक्षणमा ८ सिट मात्रै जित्ने देखाएको छ । त्यसैगरी इण्डियन नेशनल काँग्रेसले केवल ३ सिट मात्रै जित्ने सक्ने सम्भावना देखाएको छ । एविपि न्युज सि भोटर्स र आइएएनएस मत सर्भेक्षण गरेका थिए । मत सर्वेक्षणको नतिजा ६ जनवरीमा सार्वजनिक गरिएको थियो ।
८ फेब्रुअरीमा हुने दिल्ली विधान सभाको नर्वाचन पूर्व भारतमा अहिले चर्चामा रहेका सिएए र एनआरसीको विवादले पुरै भारत राजनीतिक रुपमा ध्रुवीकृत भएको अवस्थामा छ ।
अहिले दिल्लीमा शासन गरिरहेको आपले जनताका पक्षमा विद्युत, खानेपानी र सडकका क्षेत्रमा उल्लेख्य काम गरेको विश्लेषकहरुको भनाई छ ।
युनाइटेड प्रोग्रसिभ अलाइन्समा काँग्रेस, राष्ट्रिय जनतादल छन् भने बहुजन समाज पार्टी पनि चुनावी मैदानमा उत्रेको छ । नेशनल डेमोक्याटिक अलाइन्समा भारतीय जनता पार्टी, जनता दल युनाइटेड र लोक जनशक्ति पार्टीले समीकरणमा चुनाव लडिरहेका छन् ।
काँग्रेसले विधान सभाको चुनावमा ६६ जना, जनता दलका ४ जना मैदानमा उतारेको छ । भाजपाले ६७ जना जनतादल युनाइटेडले २ जना र लोक जनशक्ति पार्टीले १ जना उम्मेद्वार खडा गरेका छन् ।
११ फेब्रुअरीमा मतपरिणा सार्वजनिक हुनेछ । यो पटक काँग्रेसका तर्फबाट मुख्यमन्त्री रहिसकेकी शिला दिक्षित र भाजपाकी तर्फबाट मुख्यमन्त्री रहिसकेकी सुष्मा स्वारजको देहान्त भइसकेकाले दुवै दललाई ती दुवै नेतृको कमी महशुस भइरहेको राजनीतिक विश्लेषकहरुको भनाई छ ।
बहुमतका लागि ३६ सिट आवश्यक पर्ने दिल्लीमा कतिपयले यो पटक त्रिशंकु विधानसभा बन्न जाने आंकलन पनि गरिएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !