सभामुखको शपथ

काठमाडौँ – नवनिर्वाचित सभामुख अग्नि सापकोटाले पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सापकोटालाई राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनीयताको शपथ गराउनुभयो ।
सापकोटा आइतबार प्रतिनिधिसभाबाट सभामुखमा निर्विरोध निर्वाचित हुनु भएको थियो । सभामुख सापकोटाले आफ्नो विरोधमा भइरहेको प्रदर्शनलाई लोकतन्त्रको अंगको रुपमा लिएको प्रतिक्रिया दिनु भएको छ ।
संसद सचिवालयमा रहेको कार्यकक्षमा पदभार ग्रहण गरेपछि सभामुख सापकोटाले आफूविरुद्ध भएको प्रदर्शनबारेमा भन्नुभयो, ‘लोकतन्त्रमा विरोध भइरहन्छ । यसलाई अन्यथा लिएको छैन ।’ हत्या अभियोगबारे सभामुख सापकोटाले ‘यो विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले नबोलौ भन्नुभयो ।


error: यो सुविधा उपलब्ध छैन !