धनतेरसमा त्रिभुवनचाेकमा छुट्टै राैनक

नेपालगन्ज – धनत्रयाेदशी अर्थात धनतेरसमा नेपालगन्जकाे त्रिभुवनचाेकमा छुट्टै राैनक छाएकाे छ ।
बीच सडकमा लागेकाे बजारमा किनमेल गर्नेकाे भीड लागेकाे छ ।

हरेक चाडबाडकाे बेलामा त्रिभुवनचाेककाे बीच सडकमा बजार लाग्ने गर्दछ । याे बजारले चाडबाडकाे राैनक बढाउने गर्दछ ।
अाज धनतेरसमा चरेशका भाडाका भाडाबर्तन, कुचाे, नुनलगायत किन्दा राम्राे हुने बताउने गरिन्छ । त्रिभुवनचाेककाे सडकमा लागेकाे बजारमा यी सामान किन्नेकाे भिड देखिन्थ्याे ।

नेपालगन्जका विभिन्न ठाउँबाट त्रिभुवनचाेककाे सडकमा लागेकाे बजारमा सामान किनमेल गर्न अाएका भिडले तिहार नजिकिएकाे लाग्दथ्याे ।

चाडबाडकाे बेलामा त्रिभुवनचाेककाे बीच सडकमा बजार लाग्ने चलन नै भएकाे छ । जुन चाड हाे, त्यहीलाई लक्षित गरेर सामान राख्ने गरिन्छ ।











