केजरीवालले आइतबार मुख्यमन्त्रीको शपथ खाने

एजेन्सी – दिल्ली विधानसभा चुनावमा भारी बहुमतका साथ जित हात पारेपछि आम आदमी पार्टीले अरविन्द केजरीवाललाई विधायक दलको नेता चयन गरेको छ ।
केजरीवालले आइतबार (फेब्रुअरी १६) मा दिल्लीको रामलिला मैदानमा तेस्रो पटक दिल्लीको मुख्यमन्त्रीको शपथ लिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
केजरीवालले बुधबार बिहान राजभवन पुगेर उपराज्यपाल अनिल बैजलसँग भेट गरेका थिए । करिब १५ मिनेट भएको उक्त भेटमा शपथ ग्रहणको विषयमा कुराकानी भएको बताइएको छ ।
नवनिर्वाचित विधायकहरुले बुधबार विहान केजरीवालको निवासमा पुगेर उनीसँग भेटघाट गरेका थिए ।
मंगलबार भएको मतगणनामा आम आदमी पार्टीले दिल्लीको ७० विधानसभा सिटमध्ये ६२ मा जित हात पारेको थियो । केन्द्रमा सरकारको नेतृत्व गरिरहेको भाजपाले केवल ८ सिट जितेको छ ।


error: यो सुविधा उपलब्ध छैन !