चाचाजीको सम्झनामा शोक सभा

नेपालगञ्ज – प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त चाचाजीको १३ औं पुण्यतिथिमा श्रद्धाञ्जली तथा शोक सभा गरिएको छ ।
अवधी पत्रकार संघ नेपाल र जिल्ला शाखाको संयुक्त आयोजनामा बुधबार उहाँको निवासमा शोक सभा गरिएको हो ।
सभामा संघमा केन्द्रीय अध्यक्ष राकेश मिश्र, अवधी सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष विष्णुलाल कुमाल, प्रेस युनियन बाँकेका पूर्र्व अध्यक्ष नरेन्द्र थापा, राजपाका नेता बरिष्ठ अधिबक्ता विजय गुप्तले चाचाजीले पत्रकारिता क्षेत्रमा पुर्याउनु भएको योगदानको सम्झना गर्नुभयो ।
बाँके शाखा अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन भिष्म लोधले गर्नुभएको थियो । चाचाजी संघको केन्द्रीय कार्यसमितिको संस्थापक सल्लाहकार रहनु भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !