रनिङ शिल्डमा मोडेल एकेडेमी प्रथम

नेपालगञ्ज – राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौंट तथा माध्यामिक विद्यालय स्तरीय प्रथम मेयर कप खेलकुद प्रतियोगिता–२०७६ को उपाधी नेपालगञ्ज मोडल एकेडेमीले जितेको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा सोमबारदेखि शुरु भई बुधबार समापन भएको प्रतियोगितामा सामुदायिक र संस्थागत गरि ३९ वटा विद्यालयको सहभागिता रहेकोमा नेपालगञ्ज मोडेल एकेडेमी प्रथम हुन सफल भएको हो ।


प्रतियोगितामा छात्रतर्फ उत्कृष्ट खेलाडी युनाइटेड एजुकेशनलका सन्देश बोहरा र छात्रातर्फ उत्कृष्ट खेलाडी मोडल एकेडेमीका चमेली चौधरी हुनुभएको छ । विजयी विद्यालय र खेलाडीहरुलाई जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तव, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणा, उपप्रमुख उमा थापामगर, वडा अध्यक्षहरु मो.सफिक वेहना, कैफुल वरा जोलाह, अयूव सिद्धिकी, कार्यपालिका सदस्य इन्दिरा शाही, शिक्षा शाखा प्रमुख गोर्खवहादुर थापालगायतले शिल्ड तथा पुस्कार वितरण गर्नुभयो । मंगलप्रसाद माविको खेल मैदानमा भएको प्रतियोगितामा एक हजार २ सय ९५ विद्यार्थीले एथ्लेटिक्स, भलिवल र कबड्डी खेलमा प्रतिष्पर्धा गरेका थिए । उत्कृष्ट खेलाडी बोहरा र चौधरीलाई नेपालगञ्ज नगर प्याव्सनले जनही नगद पाँच हजार रुपैयाले पुरस्कृत गरेको कार्यक्रमका सञ्चालक नेपालगञ्ज उपमहानगरपालिका शिक्षा समिति सदस्य तरुण बज्राचार्यले जानकारी दिनुभयो ।
समापनमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. राणा र उपप्रमुख मगरले प्रतियोगिता सफल पार्न सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गर्दै खेलकुदमा प्राथमिकता दिइएको बताउनुभयो । आगामी वर्ष प्रतियोगिताको व्यवस्थापनमा थप सुधार गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


error: यो सुविधा उपलब्ध छैन !