भारतमा कोरोनाबाट एक्काइस सयको मृत्यु

नेपालगञ्ज – भारतमा कोरोनाबाट दुई हजार एक सय नौ जनाको मृत्यु भएको छ ।
भारतमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या झण्डै ६३ हजार पुगेको छ । त्यसमा दुई हजार एक सय नौ जनाको मृत्यु भएको छ भने १९ हजार ३ सय ५८ जना निको भएर घर गएका छन् ।
महाराष्ट्र, गुजरात र दिल्लीमा कोरोनाको संक्रमण बढी देखिएको छ । पछिल्लो तथ्यांकले भारतमा कोरोना संक्रमण बढ्दै गएको देखिन्छ । सरकारले भारतभर लकडाउन गरेर सावधानी अपनाएपनि संक्रमण बढिरहेको देखिन्छ ।


error: यो सुविधा उपलब्ध छैन !