कोहलपुर र जयसपुरमा स्वाव संकलन

नेपालगञ्ज – पर्याप्त किट र भीटीएम आएपछि बाँकेमा स्वाव संकलनलाई तिब्रता दिने क्रममा आइतबार कोहलपुर र नेपालगञ्जमा स्वाव संकलन गरिदैछ ।
कोहलपुरको वडा नं. ४ बेलनपुर र नेपालगञ्जको जयसपुरमा स्वाव संकलन गर्न स्वास्थ्यकर्मी पुगेका छन् । पर्याप्त किट आएसँगै परीक्षणको दायरालाई बढाउन अधिकारीहरुले नेपालगञ्ज बाहिर पनि स्वाव लिन थालेका हुन् । नेपालगञ्जमा संक्रमित देखिएपछि त्यहीमात्रै फोकस गरिएको थियो । २५ गते खजुरामा १८ जनाको स्वाव परीक्षण गरिएको थियो । ती सबैको रिपोर्ट नेगेटिभ आइसकेको छ । आइतबार कोहलपुरमा स्वाव संकलन गरिदैछ ।
शनिबार नेपालगञ्जमा संकलन गरिएको २ सय ३७ जनाको रिपोर्ट आइसकेको छैन । टाँगा स्टेशनमा बसेर एक सय ६२ जनाको स्वाव लिइएको थियो । ती सबै काठमाडौं पठाइएको छ । त्यसपछि सुब्बा विरेन्द्र केसी टोलमा ७५ जनाको स्वाव लिइएको थियो । यसको भेरी अस्पताल, नेपालगञ्जमा परीक्षण भइरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !