होम आइसोलेसनमा बसेका बृद्धको मृत्यु

नेपालगञ्ज – कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बसेका नेपालगञ्जका ७० वर्षीय पुरुषको मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १०, भृकुटीनगर निवासी ७० वर्षीय पुरुषलाई पुस २६ गते कोरोना पुष्टि भएको थियो । कोरोना भएपछि घरमै बसेका बृद्धलाई अक्सिजनको लेबल कम देखिएपछि २७ गते भेरी अस्पतालमा ल्याइएको थियो । भेरीमा उपचारको क्रममा स्वास्थ्यमा सुधार आएपछि २९ गते पुनः होम आइसोलेसनमा लगिएको थियो । ती बिरामीको गएराती मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेले जानकारी दिएको छ ।
बाँकेमा यीसहित मृत्यु हुनेको संख्या ५० पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !