कटुवा पेस्ताेलसहित तीन जना पक्राउ


नेपालगन्ज – नेपालगन्जमा कटुवा पेस्ताेल र गाेलीसहित तीन जना पक्राउ परेका छन् ।
बांके प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३, लाेनियनपुरुवाबाट कटुवा पेस्ताेल र गाेलीसहित सदाराम बागवान, साकिरअलि बागवान र हुसेन बागवानलाई समातेकाे हाे । उनीहरु भे ६ प ४९०२ नम्बरकाे माेटरसाइकलमा सवार थिए । प्रहरीले शंका लागेर जाँच गर्दा पेस्ताेल बरामद भएकाे जनाएकाे छ ।
सदाराम र साकिर नेपालगन्ज-२३ र हुसेन नेपालगन्ज-१४ निवासी हुन् । उनीहरुबाट एक थान पेस्ताेल र एक थान गाेली बरामद भएकाे बांके प्रहरी प्रवक्ता डीएसपी नारायण डांगीले जानकारी दिए । प्रहरीले उनीहरुकाे विषयमा अरु अनुसन्धान भइरहेकाे जनाएकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !