अनलाइनमा जुवा खेलाउने १५ जना पक्राउ


नेपालगन्ज – बांके प्रहरीले अनलाइनमा जुवा खेलाउने १५ जनालाई पक्राउ गरेकाे छ ।
बांके प्रहरी प्रवक्ता डीएसपी नारायण डांगीका अनुसार, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १, धम्बाेझीमा घर नै भाडामा लिएर अनलाइनबाट जुवा खेलाउने विभिन्न जिल्लाका १५ जना पक्राउ परेका छन् ।
उनीहरुकाे साथबाट नगद पैसा भेटिएकाे छैन । अनलाइनबाट पैसाकाे काराेबार भएकाे देखिएकाे छ ।
पक्राउ परेका व्यक्तिले अनलाइनबाट नै विभिन्न खेलमा पैसा लगाउन लगाउने गर्दथे ।
गएराती पक्राउ परेका उनीहरुकाे बारेमा अनुसन्धान गरिरहेकाे प्रहरीकाे भनाई छ । प्रहरीले अनलाइनबाट जुवा खेलाउने समूह पक्राउ गरेकाे पहिलाे पटक हाे ।


error: यो सुविधा उपलब्ध छैन !