जेल र सुधार गृहबाट ३५ जनाले १२ काे परीक्षा दिदै


नेपालगन्ज – बांकेमा विभिन्न अपराध गरेर कारागार र सुधार गृहमा पुगेका ३५ जनाले कक्षा १२ काे परीक्षा दिदै छन् ।
अाजबाट शुरु भएकाे परीक्षमा नेपालगन्ज कारागारमा रहेका ४ जना, नाैबस्ता बाल सुधार गृहबाट ६ जना र हिरमिनियामा रहेकाे जयेन्दु बाल सुधार गृहमा रहेका २५ जनाले १२ कक्षाकाे परीक्षा दिइरहेकाे बांकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पाेखरेलले जानकारी दिए ।
बांकेमा २८ वटा केन्द्रमार्फत १० हजार ९ सय ९१ जनाले १२ काे परीक्षा दिदैछन् ।


error: यो सुविधा उपलब्ध छैन !