ज्ञानेन्द्र श्रेष्ठ प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर बन्दै


नेपालगञ्ज – लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एनको दोस्रो वार्षिक अधिवेशन नेपालगन्जमा हुने भएको छ ।
करिव एक हजार प्रतिनिधिको उपस्थितिमा शनिबार हुनेमा अधिवेशनले लायन वर्ष २०२४÷२५ का लागि डिष्ट्रिक्ट गभर्नर, प्रथम भाइस डिष्ट्रिक्ट गर्भनर र एक जना द्वितिय भाइस डिष्ट्रिक्ट गभर्नर निर्वाचित गर्दैछ ।
अधिवेशनबाट दाङका विनोद श्रेष्ठ डिष्ट्रिक्ट गभर्नर, नेपालगन्जका ज्ञानेन्द्र श्रेष्ठ प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर र सुर्खेतका टीकाराम चपाई द्वितिय भाइस डिष्ट्रिक्ट गभर्नर चयन हुने अधिवेशनका कनभेनर एओजी लायन कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । दाङका विनोद, नेपालगन्जका ज्ञानेन्द्र र सुर्खेतका टीकारामका प्रतिस्पर्धी छैनन् । उनीहरुले आफैसँग प्रतिस्पर्धा गर्नु पर्छ । उनीहरुले निर्वाचित हुन ५१ प्रतिशत ‘एस’ मत ल्याउनु पर्छ । मत पत्रमा एस र नोको व्यवस्था गरिएको हुन्छ ।
नेपालमा हाल १५ वटा डिष्ट्रिक्ट छन् । त्यसमा डिष्ट्रिक्ट ३२५ एन चौथोमा पर्दछ । दुई वर्षअघि डिष्ट्रिक्ट ३२५ बी २ बाट बाइफरगेसन भएको डिष्ट्रिक्ट ३२५ एनमा काठमाडौंको केही र भालुबाङदेखि पश्चिमका क्षेत्र समेटिएको छ ।
‘हामी सेवा गर्छौ’ भन्ने मूल मन्त्रलाई आत्मसाथ गरेको लायन्सले मानवीय सेवा गर्दै आएको छ । विपददेखि विद्यालय पुनर्निर्माण, अस्पतालमा सहयोग गर्दै आएको छ ।
नेपालगन्जमा हुने अधिवेशनलाई भब्य बनाउन लायन्ससम्बद्ध लागिपरेका छन् । डिष्ट्रिक्ट गभर्नर लायन मुकुट ढकाल, पूर्व डिष्ट्रिक्ट गभर्नर सेम शाक्यले अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !