अादेश र भण्डारीलाल ईस्तियाकतिर


नेपालगन्ज–लुम्बिनी प्रदेश सभाका दुई जना प्रदेश सभा सदस्य नवगठित जनता समाजवादी पार्टीमा खुलेका छन् । प्रदेशसभा सदस्यहरू आदेश कुमार अग्रवाल र भण्डारीलाल अहिरले लुम्बिनी प्रदेश निर्वाचन कार्यालय घोराहीमा गएर जसपाको पक्षमा सनाखत गरेका हुन् । अहिर वर्तमान लुम्बिनी प्रदेश सरकारमा कृषि तथा भूमि व्यवस्था मन्त्रीको जिम्मेवारीमा छन् । सरकार गठन हुँदा भएको लिखित सहमति कार्यान्वयन नभएको भन्दै अहिरले मन्त्री पदबाट राजिनामा गरेका थिए । तर, उनको राजीनामा स्विकृत भएको थिएन । जसपामा आएको विभाजनपछि अहिरले मन्त्री पदको जिम्मेवारी सम्हाल्दै जता बहुमत हुन्छ उतै जाने प्रतिक्रिया दिएका थिए । दुवै जना बाँके क्षेत्र नं. २ को १ र २ बाट प्रदेशसभा सदस्य पदमा प्रत्यक्ष निर्वाचित हुन् ।

लुम्बिनी प्रदेशमा जसपाका तीन जना सांसद् छन् । समानुपातिक सांसद अम्बिका काफ्ले भने जसपाको संस्थापन पक्षमा रहेको जनाइएको छ ।‘दुई जना प्रदेश सभा सदस्य यस कार्यालयमा आउनु भयो र दल सनाखद गरेर जानु भयो’प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी मिनु कुँवरले भनिन्,‘दल सनाखद् गरेको बारेमा ऐन, नियम अनुसार प्रक्रिया अघि बढ्छ ।’


error: यो सुविधा उपलब्ध छैन !