अख्तियार नेपालगन्जमा दाङकाे बढी उजुरी


नेपालगन्ज – अख्तियार दुरुपयाेग अनुसन्धान आयाेग बुटवल सम्पर्क कार्यालय नेपालगन्जमा दाङ जिल्लाकाे बढी उजुरी परेकाे छ ।
कार्यालय प्रमुख शम्भुप्रसाद रेग्मीका अनुसार, अाव ०८१/८२ मा ९ सय ३ वटा उजुरी परेकाेमा ७ सय ८८ वटा फर्छ्याैट भइसकेकाे छ । त्यसमा दाङकाे ३ सय ५६ वटा उजुरी छन् । कार्यालयले हेर्ने जिल्लामध्येमा धेरै उजुरी दाङबाट परेकाे हाे । दाङकाे ३ सय २० वटा उजुरी फर्छ्याैट भइसकेकाे छ । बाँके जिल्लाकाे ३ सय ११ वटा उजुरीमध्ये २ सय ६७, बर्दिया जिल्लाकाे १ सय ४४ मा १ सय १४, राेल्पा जिल्लाकाे ९२ उजुरीमा ८३ फर्छ्याैट भएकाे छ ।
कार्यालय प्रमुख रेग्मीले धेरै उजुरी स्थानीय तहकाे रहेकाे बताए ।
बाँकेकाे स्थानीय तहमा काेहलपुर नगरपालिकाकाे ३४ मध्ये २९, नेपालगन्ज उपमहानगरपालिकाकाे २९ मध्ये २७, डुडुवा गाउँपालिकाकाे २८ मा २३, नरैनापुर गाउँपालिकाकाे २३ मा १८, खजुरा गाउँपालिकाकाे ७ मा ५, बैजनाथ गाउँपालिकाकाे ९ मा ८, राप्तीसाेनारी गाउँपालिकाकाे १८ मा १८ र जानकी गाउँपालिकाकाे १२ मा १२ वटा उजुरी फर्छ्याैट भएकाे छ ।
अख्तियारमा बेनामे उजुरी दिन पाइन्छ । केहीले रिसिइबी र दुःख दिने नियतले पनि उजुरी दिने गरेकाे पाइएकाे छ ।
अख्तियारले बिहीबार नेपालगन्ज उपमहानगरपालिकाकाे सहयाेगमा अायाेजना गरेकाे भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रममा अख्तियार प्रमुख रेग्मी अख्तियारमा केन्द्र, प्रदेश र स्थानीय तहकाे उजुरीलगायत गतिविधि प्रस्तुत गरेका थिए । उनले सार्वजनिक खरिद एेनकाे पालना नहुँदा, गलत स्टिमेट तयार पार्ने, याेग्यता नभएका मान्छेलाई जिम्मेवारी दिने, चाहिने भन्दा बढी सामान किन्ने, निर्णय गुपचुप गर्ने, अनुगमनलाई प्रभावित पार्ने, रिसिइबी र दु:ख दिने नियतले पनि उजुरी अाउने गरेकाे बताए ।
नेपालगन्जका मेयर प्रशान्त विष्टले कुनै पनि काम बुझेर, एेन कानुन हेरेर गर्नु पर्ने बताए ।
कर्मचारी, विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन अध्यक्ष, सामुदायिक वनका जिम्मेवार मानिसकाे उपस्थितिमा कार्यक्रम गरिएकाे थियाे ।


error: यो सुविधा उपलब्ध छैन !