अपराध नियन्त्रणमा कुनै सम्झाैता नगर्न आइजीपीकाे निर्देशन


नेपालगन्ज – प्रहरी महानिरीक्षक (आइजीपी) दिपक थापाले अपराध नियन्त्रणमा कुनै सम्झाैता नगर्न निर्देशन दिएका छन् ।
कर्णालीबाट काठमाडाै फर्किने क्रममा यहाँका प्रहरी अधिकृतलाई भेटेर अाइजीपी थापाले उक्त निर्देशन दिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख रामप्रसाद घर्तीमगरले जिल्लाको शान्ति सुरक्षासहित पछिल्लो अवस्थाका विषयमा ब्रिफिङ्ग गरेका थिए ।
साथै अन्य मातहतका प्रहरी अधिकृतहरुबाट ब्रिफिङ्ग लिंदै महानिरिक्षिक थापाले शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रणमा प्रहरीले कुनैपनि खाले सम्झौता नगर्न निर्देशन दिएका छन् ।
स्थानीय शान्ति सुरक्षा लगायतका विषयमा प्रहरी महानिरीक्षक थापाले चाडपर्व लक्षित शान्ति सुरक्षा मजवुत बनाउन विशेष निर्देशन दिएका हुन्। बाँके आसपास क्षेत्रमा लागू औषध कारोबार, सवारी दुर्घटना,अपराध, चोरी पैठारी जस्ता गतिविधिहरू चुनौतीको रूपमा रहेकाले आपराधिक गतिविधिलाई न्यूनीकरण तथा नियन्त्रणको लागि त्यस अनुसार कार्यक्रम अघि बढाउन पनि निर्देशन दिएका छन् ।
नेपालगन्ज र आसपासको क्षेत्र संवेदशनशील भएकाले प्रहरीले संवेदनशील भई निष्पक्ष अनुसन्धान गर्नुपर्ने, पुराना मुद्दाहरूको फर्छ्यौट एवम् फरार प्रतिवादीहरूलाई कानूनी दायरामा ल्याउन थप सक्रिय भएर लाग्न पनि निर्देशन दिएका छन् । नागरिकले सुरक्षित रहेको अनुभूति गर्ने गरी कार्यसम्पादन गर्न मातहतका उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन्।
महानिरीक्षक थापा कर्णाली प्रदेश प्रहरी कार्यालयको निरीक्षण सकेर बाँके आइपुगेका थिए । महानिरीक्षक थापा मंगलबार नै काठमाडौं फर्केका छन् ।


error: यो सुविधा उपलब्ध छैन !