मोटरसाइकल चोरी आरोपमा चार जना पक्राउ


नेपालगन्ज – बाँके प्रहरीले विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।
बैशाख २८ गते विहान ४ बजे जानकी गाउँपालिका वडा नम्बर ४ बाट भे ९प ३४४७ नम्बरको मोटरसाइकल चोरी गरी लु ३४ प ७७७ नम्बरको मोटरसाइकलले तानेर लैजादै गरेको अवस्थामा खजुराका टुइन्क लस्टर श्रीवास्तव र लक्ष्मण हरिजनलाई पक्राउ गरिएको छ ।
बैशाख २७ गते नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२, कोरियनपुरबाट चोरी भएको भे ३ प ६०८ नम्बरको मोटरसाइकल बर्दियाका मनोज रावतले प्रयोग गरिरहेको अवस्थामा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० बाट बरामद गरिएको छ ।
बैशाख २४ गते नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८, विशालनगरमा भे १० प ५९९३ नम्बरको मोटरसाइकल चोरी गर्ने क्रममा बर्दियाका निर्मल सुनारलाई पक्राउ गरिएको छ ।
बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले पक्राउ परेका चारै जनालाई चोरी कसुरमा अनुसन्धान भइरहेको बताए । नेपालगन्ज र आसपासमा दैनिकजसो नै मोटरसाइकल चोरी भइरहेको व्यापक गुनासो आएपछि प्रहरीले चोर समात्न तदारुकता देखाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !