भन्सार छलीका सामान बरामद

????????????????

नेपालगन्ज – बाँके प्रहरीले चार लाख बढीको सामान बरामद गरेको छ ।
भारतबाट भन्सार छलेर ल्याइएका विभिन्न सामान प्रहरीले जयसपुरबाट बरामद गरेको हो ।
बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले गस्तीका उक्त सामान फेला पारेको बताउनुभयो । सामान भन्सार छलेर ल्याई थुपारिएको थियो ।
बच्चाको जुत्ता १ सय ६८ जोर, लेडिज मोजा दुई हजार जोर, बच्चाको चप्पल ३ सय २४ जोर, छालाको बेल्ड ४ सय २ वटा, पर्दा कपडा दुई सय मिटर, रेफ्रिजीनेट ग्याँस ५० पिस रहेका छन् ।
बरामद सामानलाई भन्सार कार्यालय बुझाइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !