फिल्मीशैलीमा सुन पसलमा चोरी

नेपालगञ्ज – नेपालगञ्जको न्यूरोडस्थित एक सुन पसलमा फिल्मीशैलीमा चोरी भएको छ ।
बागेश्वरी मन्दिरको पूर्वीद्वार नजिक रहेको जस्मिन ज्वैलर्समा गएराती चोरी भएको हो । घरको पछाडी झ्याल–झ्यालबाट दुई तलामाथि चढेका चोरले सिडीको माथि रहेको टिनलाई काटेर भित्र पसी सटर फोरेको छ । सुन पसलमा चोरी गरेपछि चोर पछाडीबाट नै डोरीको सहायताले तल ओर्लेर देखिन्छ ।
खुर्सिद अहमदले सञ्चालन गरेको सुन पसलमा चोरी भएको कुरा विहान पत्ता लागेको छ । विहान पसल खोल्न आउदा चोरी भएको थाहा भएको हो । त्यसपछि प्रहरीलाई खबर गरिएको छ । प्रहरीको उपस्थितिमा कति र के–के चोरी भयो बुझ्ने काम भइरहेको छ । नेपालगञ्जमा केही समययता चोरीका घटनामा बढोत्तरी भएको पाइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !