राजमार्गमा बाँदर किन झुमिन्छन् ?

नेपालगञ्ज – तपाई बाँके राष्ट्रिय निकुञ्ज भएर पूर्वपश्चिम राजमार्गमा यात्रा गर्दै हुनुहुन्छ ? यदि यात्रा गर्नु भएको छ भने सडकमा टन्न बाँदर देख्न सक्नु हुन्छ ।
बाँदर किन सडक छेउछाउमा झुमिन्छन् ? सबैलाई थाहा हुनुपर्छ, यात्रुले फालेको खानेकुरा खानका लागि बाँदर सडकमा आउँछन् । मान्छेले फालेका खानेकुरामा बाँदर पल्किएको हुनुपर्छ ।
त्यसो त निकुञ्ज क्षेत्रमा केही फाल्न पाइदैन । बाँदरले भने सडक छेउमा यात्रुले केही फाल्छन् कि भनेर आशा गरेको देखिन्छ ।
बाँके राष्ट्रिय निकुञ्जको पूर्वपश्चिम राजमार्गमा ७२ किलोमिटर क्षेत्रफल पर्छ । निकुञ्ज क्षेत्रको सडकमा यात्रा गर्दा बाँदर देख्दा पनि मन आनन्दित हुने गर्दछ । पशुपतिनाथको मन्दिर क्षेत्रमा जसरी राजमार्गका बाँदरले आक्रमण नै गरेर खानेकुरा खोस्न नआएपनि मान्छेहरुले सवारी साधनबाट केही फाल्ने बित्तिकै दौडेर आउने गरेको देखिन्छ ।
मान्छे आउदा हेर्ने र मान्छेले केही फाल्ने बित्तिकै त्यसलाई हेर्न पुग्छन् बाँदर । यसबाट के देखिन्छ भने बाँदर सडकमा मान्छेले केही फाल्छन् कि भनेर आशा गर्दछन् ।


error: यो सुविधा उपलब्ध छैन !