घरमै पुगेर व्यक्तिगत घटना प्रमाणपत्र वितरण

नेपालगञ्ज – बाँके डुडुवा गाउँपालिकाले अनलाइन व्यक्तिगत घटना दर्ता प्रमाणपत्र वितरण शुरु गरेको छ ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बुधबार एक कार्यक्रमका बीच गाउँपालिकाको वडा नं.२ सन्तलिया गाउँका दिलराज भुजवाका छोरा प्रदिप गुप्ताको जन्मदर्ता प्रमाणपत्र प्रदान गर्दै वितरणको कार्य शुभारम्भ गर्नुभयो ।
जन्मदर्ता प्रमाणपत्र वितरण गर्दै अध्यक्ष चौधरीले गाउँपालिकाका कुनै पनि नागरिक सेवाबाट बञ्चित नहुन भनेर घरघरमै सेवा पु¥याउने लक्ष्य अनुसार घरदैलो अभियानमार्फत घटना दर्ता प्रमाणपत्र वितरण शुरु गरिएको बताउनुभयो । गाउँपालिकाले केहीदिन अघि अनलाइन व्यक्तिगत घटना दर्ताको विवरण संकलन गरेको थियो । विवरण संकलनपछि अनलाइनमा दर्ता गरि प्रमाणपत्र बनाएर अहिले घर घरमा वितरण शुरु गरिएको स्थानीय पञ्जिकाधिकारी तथा वडासचिव शिवपाल मौर्यले जानकारी दिनुभयो ।
गाउँपालिकाका कुनै पनि नागरिकले सेवाबाट वञ्चित नहुन र समयमा नै घटना दर्ता गर्ने बानीको विकास गर्ने उद्देश्यले घरघरमा पुगेर घटना दर्ताको विवरण संकलन गरि वितरण शुरु गरिएको हो । नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग अन्तर्गत डुडुवा गाउँपालिकाद्धारा व्यक्तिगत घटना दर्ता गरिएको हो । गाउँपालिकाको वडा नं. १ होलिया र वार्ड नं. २ बेतहानीमा बुधबारदेखि शुरु गरिएको घरदैलो अभियान अन्तर्गत करिब ३० जनालाई प्रमाणपत्र वितरण गरिएको छ ।
शिविरमार्फत गाउँपालिकाबाट वडा सचिवसहितको करिब ४२ जना जनशक्ति परिचालन गरि वडा नंं. १ देखि ६ सम्म करिब १० हजार घरधुरीमा घटना दर्ता अन्तर्गत जन्म, मृत्यु, विवाह र बसाई सराइलगायतका अनलाइन घटना दर्ताका लागि विवरण संकलन गरिएको पालिकाका एमआइएस अपरेटर कौशलकुमार कैरातीले बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !