भोलीदेखि ‘जनता कर्फ्यु’

नेपालगञ्ज – बाँकेमा भोलीदेखि ‘जनता कर्फ्यु’ लाग्ने भएको छ ।
स्थानीय प्रशासनले सवारी साधन र अनावश्यक हिडड्ल रोक्न जनता कर्फ्यु लगाएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले अत्यावश्यक बाहेक कसैलाई बाहिर निस्किन नदिने बताउनुभयो ।
जिल्लाका सबै सुरक्षा अंगका प्रमुखहरुलाई राखेर प्रजिअ खड्काले भन्नुभयो, ‘घरबाहिर निस्किनेलाई प्रहरीले बल प्रयोग गर्छ ।’ विश्वमा आतंक मच्चाएको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सेल्फ क्वारेटाइनको नीति अघि सारिएको भएपनि मानिसहरु अनावश्यक बाहिर निस्किएपछि स्थानीय प्रशासनले जनता कर्फ्यु लगाउने निष्कर्षमा पुगेको हो ।
जिल्ला प्रशासन कार्यालयमै पत्रकार सम्मेलन गरेर प्रमुख जिल्ला अधिकारी खड्काले सबैलाई घरमै सुरक्षित बसिदिन आग्रह गर्नुभयो ।


error: यो सुविधा उपलब्ध छैन !