कारकादोमा विभिन्न ठाउँमा हात धुने व्यवस्था

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाका वडा नं. १८ का अध्यक्ष दीपक बर्माले विभिन्न चोकमा हात धुने व्यवस्था मिलाउनु भएको छ ।
विश्वव्यापी स्वास्थ्य समस्याको रुपमा देखिएको कोरोना भाइरसको संक्रमणबाट वडाबासीलाई बचाउन वडाले स्वास्थ्य र सरसफाई सचेतना शुरु गरेको हो । वडा अध्यक्ष वर्माले कारकादौं चोक, सक्टा अगाडी र भुजईगाउँस्थित बुद्ध चोकमा कोरोना भाइरसबाट जोगिन सचेतनामुलक ब्यानरसहित साबुन पानीले हात धुने ब्यवस्था मिलाउनु भएको छ ।
अध्यक्ष बर्माले वडाबासीको बढि जमघट हुने स्थानमा साबुनपानीको ब्यवस्था गरिएको बताउनुभयो । उहाँले भिडभाड नगर्न र सेल्फ क्वारेन्टाइनमा घरभित्रै बस्न वडाबासीमा अनुरोधसमेत गर्नु भएको छ ।


वडा सदस्य दिग्विजय ढुंगानाले वडाबासीको स्वास्थ्यप्रति जनप्रतिनिधीहरु गम्भीर भएको बताउनुभयो । वडा कार्यालयबाट कामकाज बन्द भएपनि आफुहरु वडाबासीमाफ स्वास्थ्य र सरसफाईको सन्देशसहित पुगेको ढुंगानाले बताउनुभयो । वडा अध्यक्ष वर्माका अनुसार, वडाभित्रका विपन्न समुदायका लागि सावुन वितरण गरिने भएको छ । वडाले मास्क वितरण गर्नुका साथै स्वास्थ्य सचेतनाका लागि वडामा माइकिङ गर्ने तयारी गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !