क्याम्पसमा राखिएका भागे

नेपालगञ्ज – क्वारेन्टाइन बनाएर महेन्द्र बहुमुखी क्याम्पसमा राखिएका नेपालीहरु भागेका छन् ।
विहान रुपैडिहाबाट स्वास्थ्य जाँचका साथै मास्क लगाएर नगर बसमा राखेर ल्याइएका मानिसहरु क्याम्पसबाट भागेका हुन् । क्याम्पसको पछाडी पर्खाल नाघेर युवाहरु भागेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्यकर्मीको रेकर्डमै विहान ५ सय ५३ जना क्याम्पसमा ल्याइएको थियो । त्यसपछि पनि थपिएका थिए ।
तीमध्येमा अहिले दुई सय हाराहारीमा रहेको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखाका गणेश कार्कीले जानकारी दिनुभयो । ‘युवाहरु पर्खाल नाघेर भागे, रोक्न सकिएन, कार्कीले भन्नुभयो, महिला, बालबालिका बसेका छन् ।’
भारतका विभिन्न ठाउँबाट आएका उनीहरु नाकामा अलपत्र परेपछि विहान क्याम्पसमा ल्याइएको थियो । नाकामा भारतीय सीमा सुरक्षा बलको अगाडि उनीहरु अनुशासित भएर लाइनमा बसेका थिए ।
बाँके प्रशासनले क्याम्पसमा राखिएका व्यक्तिलाई स्वास्थ्य जाँच गरेर सम्बन्धित जिल्लामा पठाउने जनाएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !