नेपालगन्जमा बीस दिन महाेत्सव लाग्दै


नेपालगन्ज – नेपाल अादिवासी जनजाती महासंघ, बांकेले नेपालगन्जमा महाेत्सव लगाउने भएकाे छ ।
महासंघले कात्तिक २९ देखि मंसीर १८ गतेसम्म नेपालगन्जमा महाेत्सव अायाेजना गर्न थालेकाे हाे ।
प्रथम कृषि, पर्यटन प्रवर्दन, व्यापारिक, संरक्षण तथा सांस्कृतिक महाेत्सवमा २ सय ५० स्टल, जातीय भेषभुषाकाे प्रदर्शन, १२ जिल्ल्लाकाे धार्मिक तथा पर्यटकीय स्टल रहने, जातीय खाना प्रदर्शनी गरिने महासंघका अध्यक्ष डम्बरबहादुर थापाले जानकारी दिए ।
महाेत्सवमा तीन लाख दर्शकले अवलाेकन गरेर ५ कराेडकाे काराेबार हुने र त्याे रकमबाट संस्थाकाे भवन निर्माण गर्ने सचिव राजन रानामगरले बताए ।
महासंघले अाफ्ना पदाधिकारी तथा सदस्यहरुकाे उपस्थितिमा पत्रकार सम्मेलन गरेर महाेत्सव सम्बन्धी जानकारी दिएकाे हाे । महाेत्सव सञ्चालनका लागि विभिन्न उपसमिति बनाइएकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !