नेपाल कम्युनिस्ट पार्टीले याे वर्ष १५ लाख किलाे आलु बेच्ने
नेपालगन्ज – नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले याे वर्ष १५ लाख किलाे आलु बेच्ने भएकाे छ ।
व्यवसायी विनाेद चाैधरीलाई २ लाख किलाे आलु बेचेर चर्चामा आएकाे नेपाल कम्युनिष्ट पार्टीले अब एकै पटक १० देखि १५ लाख किलाे आलु बेच्ने गरि उत्पादनमा लागेकाे छ ।
नेपालगन्ज उद्याेग बाणिज्य संघले आज नेपालगन्जमा आयाेजना गरेकाे नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीसँग उत्पादनमुलक व्यवसाय विषयक छलफल कार्यक्रममा विप्लवले उक्त कुरा बताएका हुन् । ´विनाेदजीले वर्षमा ३१ लाख किलाे आलु विदेशबाट किन्नु हुँदाेरहेछ । हामीले २ लाख किलाे बेच्याै । अब १० देखि १५ लाख किलाे दिन्छाै, महासचिव विप्लवले भने, अहिले हामी कृषि उत्पादनमा लागेका छाै । बिस्तारै उद्योग र व्यापारमा पनि लाग्छाै ।`
महासचिव विप्लवले नेपालमा राजनीतिक क्रान्ति र परिवर्तन भएपनि अार्थिक परिवर्तन हुन नसकेकाे बताए । उनले पार्टीहरुलाई चन्दा माग्नबाट मुक्त गर्न जरुरी रहेकाे बताए । ´सत्तामा गए कमिसन अनि बाहिर रहे चन्दा मागेर चलाउने परिपाटीकाे अन्त्य हुनुपर्छ, विप्लवले भने, हाम्राे पार्टी अहिले चन्दामुक्त भएकाे छ । जुनसुकै जिल्लामा गएपनि खान र बस्नलाई समस्या छैन ।`
पार्टीको कार्यक्रममा सुर्खेत गएर आएका विप्लवले नेपालगन्ज-दिल्ली हवाई उडानकाे पहल गरिरहेकाे संघकाे काममा आफ्नाेतर्फबाट सहयाेग नै हुने बताए ।
संघका महासचिव भीमबहादुर रानाभाटले सञ्चालन गरेकाे कार्यक्रममा अध्यक्ष टंकबहादुर धामी, पूर्वअध्यक्षहरु कृष्णप्रसाद श्रेष्ठ र नन्दलाल बैश्यले अब नेपालका राजनीतिक दल उत्पादनमा लाग्नु पर्ने बताए ।