गाेली हानेर ब्राउनसुगर काराेबारी भारतीय नागरिक पक्राउ


नेपालगन्ज – बाँके प्रहरीले गाेली हानेर ब्राउनसुगर काराेबारी भारतीय नागरिकलाई पक्राउ गरेकाे छ ।
नेपालगन्जकाे बसपार्कमा ब्राउनसुगरकाे काराेबार भइरहेकाे विशेष सूचना पाएपछि पुगेकाे प्रहरीमाथि जाइलागेपछि प्रहरी गाेली हानेर भारत बहराइचका कार्तिक कुमार र अजय कुमारलाई नियन्त्रणमा लिएकाे हाे ।
बाँके प्रहरी प्रवक्ता डीएसपी दिपक पातलीका अनुसार, चक्कुसमेत लिएका कार्तिकले एक जना असईलाई नकले हानेपछि प्रहरीले उनलाई गाेली हानेकाे थियाे । कार्तिककाे दाहिने खुट्टाकाे पिडुलामा एक गाेली लागेकाे छ । उनकाे नेपालगन्ज नर्सिङहाेममा उपचार भइरहेकाे छ । अर्का अजय प्रहरी नियन्त्रणमा रहेका छन् ।
प्रहरीले उनीहरुकाे साथबाट एक सय ११ ग्राम ब्राउनसुगर बरामद गरेकाे छ । घटना अाज १२.१५ बजेकाे हाे ।
बाँके प्रहरीले केही दिनयता ठूलाे मात्रामा ब्राउनसुगर बरामद गरिरहेकाे छ ।
सीमापारी सहजै उपलब्ध हुने ब्राउनसुगर सजिलै नेपालगन्ज भित्रिने गर्दछ । यहाँबाट देशका विभिन्न ठाउँमा पुर्याउने गरिन्छ ।


error: यो सुविधा उपलब्ध छैन !