नेत्रहिन संघद्वारा पत्रकार दाहाल सम्मानित


नेपालगन्ज : बाँके नेत्रहिन संघले आफ्नो २६ औं वार्षिक साधारण सभाको अवसरमा पत्रकार खगेन्द्र दाहाललाई सम्मान गरेको छ ।

समुदायमा रहेका अपाङ्गता भएका व्यक्तिहरुको सवालमा निरन्तर कलम चलाई उनीहरुलाई पुनर्स्थापनामा टेवा पुर्याएको भन्दै संघले वार्षिक साधारण सभामा दाहाललाई दोसल्ला र कदरपत्रले सम्मान गरेको हो । पत्रकार दाहालसंगै समाजसेवी जयकेश सिंह, नेपालगन्ज उपमहानगरपालिका ७ नम्बर वडाका वडाध्यक्ष प्रसान्त श्रेष्ठ र होमनाथ गिरीलाई साधारण सभामा सम्मान गरिएको थियो ।

बाँके नेत्रहिन संघका अध्यक्ष भावुक जंग थापाको अध्यक्षतामा भएको कार्यक्रममा संघमा हालसम्म भएका प्रगतिका बारेमा सचिव रमेश शाहुले प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभामा बोल्ने अधिकांशले नेत्रहिनले पनि समाजमा उल्लेख्य रुपमा काम गरेर देखाउदै आएकाले कसैले पनि हेलाँको दृष्टिले नहेर्न अनुरोध गरेका थिए । स्थानीय सरकारले पनि दृष्टिविहिनका लागि रोजगारी सिर्जना गर्ने कार्यक्रमहरु ल्याउन आवश्यक रहेको कार्यक्रममा जोड दिइएको थियो । संघ मार्फत सन्चालित होस्टेलमा २६ जना बसेर अध्ययन गरिरहेका छन् । १ सय बढि दृष्टिविहिन विद्यार्थीहरु संघको होस्टेलमा बसेर अध्ययन गरि विदाई भइसकेको संघका अध्यक्ष थापाले जानकारी दिए । कार्यक्रममा वडा नम्बर १३ का वडाध्यक्ष सुरेश सिंह ठाकुर, गैर सरकारी सस्था महासंघ बाँकेका अध्यक्ष चन्द्र प्रसाद तिमिल्सीना, नेपालगन्ज उद्योग बाणिज्य संघका उपाध्यक्ष मन्दिरा पाण्डे, नगरस्तरिय अपाङ्गता संजालका अध्यक्ष गोकर्ण आचार्य लगायतले शुभकामना मन्तव्य दिएका थिए ।


error: यो सुविधा उपलब्ध छैन !