मानवसेवा आश्रममा तरुणदल बाँकेले मनायो स्थापना दिवस

नेपालगन्ज – नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दल, बाँकेले शनिबार आफ्नो स्थापनाको ७२औँ स्थापना दिवस मानवसेवा आश्रममा मनाएको छ ।

संगठनको स्थापना दिवसको अवसरमा नेपाल तरुण दल, बाँकेले नेपालगन्जस्थित मानव सेवा आश्रममा खाद्यान्नसहित नगद हस्तान्तरण गरेको छ ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य कृष्णकिशोर घिमिरे, जिल्ला सभापति नारायणप्रसाद गौडेल, उपसभापति गोपालप्रसाद अधिकारी, सहसचिव रेनु ठाकुर, लोकतान्त्रिक खेलकुद संघका प्रदेश संयोजक नरेन्द्र थापा, नेपाल तरुण दल, बाँकेका अध्यक्ष वीरेन्द्रबहादुर शाह, सचिव बिनोद रिजाल, काँग्रेस नेपालगन्ज नगर कार्यबहाक सभापति धनराज बर्मा, तरुणदल उपमहानगर सभापति सन्दिपजङ्ग शाहलगायतको उपस्थितिमा मानव सेवा आश्रममा खाद्यान्न उपलब्ध गराइएको थियो । तरुणदल उपमहानगर सभापति शाहले नगद रु. ११ हजार र राप्तीसोनारी गाउँपालिकाका तरुण युवा समिर विष्टले रु. ७हजार नगद समेत हस्तान्तरण गरेका
छन् ।
वि.सं.२०१० कात्तिक १० गते कांग्रेसका तत्कालीन सभापति बीपी कोइरालाको मूल प्रेरणामा स्थापना भएको तरुण दलको संस्थापक अध्यक्षमा सिंहध्वज खड्का थिए । विसं २०१७ पुस १ गते तत्कालीन प्रधानमन्त्री बीपीले तरुण दलको कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला राजा महेन्द्रले सेनाको बलमा प्रधानमन्त्री बीपीलगायत सबै नेतालाई थुनेर ‘कु’गरेका थिए ।
वि.सं.२०५४ मा नेपालगञ्जमा भएको कांग्रेसको महासमिति भेलामा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले बालकृष्ण खाँणको नेतृत्वमा तरुण दल पुनःस्थापनाको घोषणा गरेका थिए ।
नेपाल तरुण दल, बाँकेले आजै साँझ बी.पी.चौकमा दिप प्रज्वलन कार्यक्रमको समेत आयोजना गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !