खाेटाङको हलेसीमा पौवाको १५ औ शाखा

नेपालगन्ज – नेपालमा पूर्णरुपमा नेपाली हस्पिटालिटी सहित पहिलो सेवा प्रारम्भ गरेको होटल पौवा प्रालीले खोटाङको हलेसीमा पौवा रिसोर्ट संचालनमा ल्याएको छ । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ` भन्ने मूल मन्त्रलाई आत्मसात देशभर पौवालाई बिस्तार गरिएको पौवा ग्रुपले १५ औं शाखा खोटाङको हलेसीमा ४५ रोपनी क्षेत्रफलमा ४० करोड भन्दा बढिको लगानीमा सञ्चालनमा ल्याएको हो ।

नेपालको पर्यटन उद्योगलाई थप उचाईमा पु¥याउनका लागि मिसन १०० को योजना सहित अगाडि बढेको होटल पौवा नेपालको पश्चिम क्षेत्रबाट पुर्वतर्फ अगाडि बढेको हो । ‘८ वर्षदेखि पर्यटक उद्योगलाई विस्तार गर्नका लागि होटलमा लगानी गरेको छौ,’ अध्यक्ष भण्डारीले भने, ‘खोटाङको हलेसी महादेव किराँत, बौद्ध र सनातन हिन्दुहरुको संगमस्थल भएकोले हुनाले आन्तरिक र बाह्य धर्मालम्बीहरुलाई लक्षित गरेको हलेसी तुवाचुङ नगरपालिकामा ४५ रोपनी क्षेत्रफलमा रिसोर्ट सञ्चालन गरेका छौं । रिसोर्टबाट ३६० डिग्रीमा हसेलीको भ्यु हेर्न पाइन्छ ।’

पौवाका प्रवन्ध निर्देशक विष्णु ज्ञवालीले भने, ‘देशको विकासको संकेत भनेको संस्कार र संस्कृति हो । नेपाली आतिथ्यताको संस्कृति विश्वमै अनुपम छ । यसलाई संसारभरका पर्यटकलाई देखाउनका लागि होटल पौवाले काम गरेको छ । हामी पौवाको विस्तार व्यवसाय मात्र होइन हाम्रो संस्कृतिलाई समेत विस्तार गर्ने उद्देश्य राखेका छौ ।’ ज्ञवालीले थपे, ‘नेपालको एक वर्षमा १६ लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य रहेकाे छ । पछिल्लो एक वर्ष कोरानाअघि कै रुपमा पर्यटक भित्रिएका छन् । त्यसैले हामीले यहाँ आएका पर्यटकलाई नयाँ गन्तव्यमा भ्रमण गराउन सक्ने हो भने मात्र पर्यटकको बसाई लम्बिन सक्छ । हामीले देशभर १५ वटा पौवा चेन बनाएका छौ । जुन पर्यटकीय गन्तव्य क्षेत्र समेत हुन् । हाम्रो सानो प्रयासले पर्यटन विकासमा मद्दत पुग्ने अपेक्षा समेत गरेका छौ ।’


error: यो सुविधा उपलब्ध छैन !