प्रकाण्डले धान राेपे


नेपालगन्ज – नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका नेता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले बांकेमा धान राेपाई गरेका छन् ।
बांकेकाे खजुरामा पार्टीले भाडामा लिएकाे चार विगाह जमिनमा धान राेप्न प्रकाण्ड अर्का नेता कर्णजित बुढासंगै अाएका हुन् ।
पार्टीकाे केन्द्रीय उत्पादन विभागले यसरी भाडामा जग्गा लिएर धान खेती गर्दै अाएकाे छ ।
खजुरास्थित अमूल्य श्रेष्ठकाे चार विगाह जमिन पार्टीले वार्षिक एक लाख ३० हजार भाडामा लिएर धान राेपाई शुरु गरेकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !