नमस्तेका बचतकर्तासँग जाहेरी माग


नेपालगन्ज – नमस्ते बचत तथा सहकारी संस्था लिमिटेडका बचतकर्तालाई जिल्ला प्रहरी कार्यालय, बाँकेमा जाहेरी दिन सूचना जारी गरिएको छ ।
सहकारीको रकम हिनामिनाको अनुसन्धान तहकिकातको सिलसिलामा बचतकर्ताको रकम यकिन गर्न जाहेरी माग गरिएको हो । जिल्ला प्रहरी कार्यालय, बाँकेले सूचना जारी गरेर दश दिनभित्र जाहेरीसहित आउन बचतकर्तालाई आग्रह गरेको छ । बाँकेको ठूलोमध्येको नमस्ते सहकारीका सञ्चालक लामो समयदेखि बेपत्ता भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !