नेपालगन्जमा अर्काे स्केट हाउस

नेपालगन्ज – नेपालगन्जमा अर्काे स्केट हाउस सञ्चालनमा अाएकाे छ ।
५५ लाखकाे लागतमा जनक डांगीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १२ मा बागेश्वरी स्केट हाउस सञ्चालनमा ल्याएका हुन् ।
सञ्चालक डांगीका अनुसार, ६ हजार स्क्वायर फिटमा बनाइएकाे स्केट पूर्ण मापदण्ड अनुसार रहेकाे छ ।
एक पटकमा ७० जनासम्म खेल्न मिल्ने गरि बनाइएकाे बागेश्वरी स्केटिङ नेपालगन्जमा सञ्चालनमा रहेका तीन वटा भन्दा ठूलाे रहेकाे छ ।
सञ्चालक डांगीले ८ देखि १८ वर्षका बालबालिका, किशाेरकिशाेरीलाई लक्षित गरेर स्केटिङ सञ्चालन गरेकाे र यसले बालबालिकालाई माेबाइलकाे लतबाट छुटाउने बताए ।
ट्रायकसहित याे स्केटमा दुई जना प्रशिक्षक र ४ जना सहयाेगी राखिएकाे छ । १० वर्षका लागि जग्गा लिजमा लिएर सञ्चालन गरिएकाे स्केटकाे मासिक खर्च एक लाख अनुमान गरिएकाे छ । एक घण्टा खेलेकाे दुई सय रुपैया ताेकिएकाे छ । एक हप्ताकाे लागि एक घण्टाकाे सय रुपैया कायम गरिएकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !