८ जना भेरीमा रिफर

डुडुवा – बाँके डुडुवा गाउँपालिका अन्तर्गत सिमा नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा आएका ८ जना भेरी अस्पतालमा पठाइएको छ ।
भारतको महाराष्ट्रबाट कमाई गरि नेपाल फर्किएका डुडुवा–१, नयाँबस्तीका अज्ञाराम यादव, मुकेश बाहुन र शंकर यादव र भारत कै मुम्बईबाट नेपाल फर्किएका बाँके डुडुवा–२, नौरीगौढीका रियाज दर्जी, सुधिर बर्मा, सन्तोष गोडिया, इद्रिस दर्जी इरसानी दर्जी गरि ८ जनामा थप परीक्षणका लागि एम्बुलेन्समा राखेर भेरी अस्पतालमा पठाइएको बेतहनी स्वास्थ्य स्वास्थ्य चौकी इन्चार्ज हेमन्त शर्माले बताउनुभयो । उनीहरुमा सामान्य ज्वरो र रुघाखोकीको लक्षण देखिएको छ । भेरीमा फिबर क्लिनिक सञ्चालन गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !