रित्तियो ‘क्वारेन्टाइन’, नभागेकालाई छोडियो

नेपालगञ्ज – क्वारेन्टाइन बनाइएको महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्ज खाली भएको छ ।
बडो होसियारीपूर्वक नाकाबाट ल्याइएका ८ सय ९९ जनामध्ये अधिकांश भागेपछि बचेका केहीलाई साँझ छोडिएपछि क्वारेन्टाइन खाली भएको हो । स्रोतका अनुसार, २ सय ८ जना नभागेर क्वारेन्टाइनमा बसेका थिए । उनीहरुलाई खाना खुवाएर पुनः स्वास्थ्य जाँच गरेर साँझ साढे ५ बजे छोडिएको थियो ।
नाकाबाट ल्याएको केही समयमै ६ सय ९१ जना पर्खाल नाघेर भागेका थिए । थोरै संख्याका प्रहरीले ठूलो संख्यालाई रोक्न सकेका थिएनन् । नाकाबाट ल्याउदा नै क्वारेन्टाइनमा कडा सुरक्षा व्यवस्था मिलाउनु पर्ने आवाज उठेको थियो । तर, त्यहाँ त्यसो हुन सकेन । नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर र डीएसपी शिवबहादुर सिंहमात्रै क्वारेन्टाइनमा अन्तिमसम्म देखिएका थिए ।
नभागेर बसेकाहरुलाई त्यही बस्न आग्रह गरिएको थियो । उनीहरु आफन्ती रहेकाले जान्छु भनेपछि साँझ छोडिएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !