कुकुर चोरीमा संलग्न…

क्रिसमसमा वितरण गर्नका लागि संकलन गरिएका खेलौनाहरु प्रहरी कार्यलयबाटै चोरी भएपछि गरिएको अनुसन्धानमा चोर पत्ता लागेको र चोरेर लुकाइएका खेलौनाहरु पनि भेटिएको अमेरिकाको मासाचुसेट्स प्रहरीले जनाएको छ ।
मासाचुसेट्सको फ्र्यांकलिनमा रहेको प्रहरी कार्यालयका अधिकारीहरुले सान्टा फाउन्डेसनलाई प्रदान गर्नका लागि खेलौनाहरु संकलन गरिरहेका थिए । सान्टा फाउन्डेसनले क्रिसमसका बेला उपहार पाउन नसकेका बालबालिकाहरुलाई खेलौना उपहार दिने गरेको छ ।
तर प्रहरीले संकलन गरेका खेलौनाहरु कार्यालयबाटै हराउन थाले । त्यसपछि फ्र्यांकलिन प्रहरीले आन्तरिक रुपमा अनुसन्धान थाल्यो ।
खेलौना चोरीमा प्रहरी कार्यालयकै थेरापी कुकुर संलग्न रहेको थाहा भयो । बेन फ्र्यांकलिन नाम गरेको सो कुकुर खेलौना चोरी गर्दागर्दै फेला परेको हो । बेनले खेलौना चोरी गरेर लैजाँदै गरेको भिडियोमा देखिएको छ ।
बेनले चोरी गरेका खेलौनाहरु प्रहरी कार्यालयकै एउटा टेबुलमुनि राख्ने गरेको पत्ता लाग्यो । बेनले खेलौनाहरु सबै आफ्ना हुन् ठानेर आफूलाई सहज हुने ठाउँमा लगेको हुन सक्ने फ्र्यांकलिन प्रहरीका उपप्रमुख जेम्स मिलले बताएका छन् ।
अहिले बेनलाई खेलौना संकलन गरिने कोठामा प्रवेश निषेध गरिएको छ । बेनलाई समस्यामा रहेका मानिसहरुलाई सहयोग गर्न प्रयोग गर्ने गरिएको छ । बेन विद्यालयहरुमा जाने र त्यहाँ समस्यामा रहेका बालकालिकाहरुलाई सहयोग गर्ने गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !