अनि हाँसो, बुलन्द आवाजसहित…

नेपालगञ्ज –
हाँसो – विना आवाज,
हाँसो – मुख बन्द गरेर
अनि हाँसो –बुलन्द आवाजसहित…
योग प्रशिक्षकले दिएको निर्देशनलाई पालना गर्दै क्वारेन्टाइनमा बसेकाहरु तनाव कम गर्न मज्जाले हाँसिरहेका देखिन्छन् ।
यो दृश्य हो, नेपालगञ्जको क्वारेन्टाइनमा बसिरहेकाहरुको । तनाव ब्यवस्थापन तथा रोकथाम योग कार्यक्रममा हरेक विहान सहभागी हुन्छन् क्वारेन्टाइनमा बसेकाहरु ।
भारतीय नागरिकहरुलाई समेत राखिएको उक्त क्वारेन्टाइनमा रहेकाहरुको ब्यवस्थापन गर्दै आइरहेको नेपालगञ्ज उपमहानगरपालिका क्वारेन्टाइन ब्यवस्थापन गरिरहेका जागेश्वर बस्नेत उनीहरुको स्वस्थ्य अवस्था र खानामा बिशेष ध्यान दिइरहको बताउँछन् ।
योगा कक्षामा उपमेयर उमा थापा वनि विहान विहान क्वारेन्टाइनमा पुगेर उनीहरुलाई काममा हौसला थपिरहेकी हुन्छिन् ।
नगर प्रहरी ब्यवस्थापनमा आबश्यक सहयोगका लागि निरन्तर खटिरेका देखिन्छन् । क्वारेन्टाइन स्थलमा स्वास्थ्य अस्यानिटाइजर, मास्कलगायतका सामाग्री पनि मौज्दात राखिएको छ ।
बुधबार विहान तेस्रो दिनको योग शिविरमा सहभागी क्वारेन्टाइन भएका मानिसहरु आँफुहरुको बसाई सहज भएको बताउदै थिए ।
पछिल्लो समय संक्रमणको सम्भावित अवस्थालाई मध्यनजर गरि आबश्यक ब्यवस्थापनमामा उपमहानगरपालिकाले सबैखाले ब्यवस्थापन गरिरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !