आइसोलेसनमा भुतको डर !

नेपालगञ्ज – नेपालगञ्जको आइसोलेसनमा बस्ने एकजनाले स्वास्थ्यकर्मीलाई पटक–पटक फोन गरिरहे । उनको माग थियो, अर्को आइसोलेसनमा सारिदिनु प¥यो या अरु मान्छे थपिदिनु दिनु प¥यो । कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठलाई उनले फोन गरेको ग¥यै गरे । सुरक्षामा बसेका प्रहरीलाई पनि गुनासो गरिरहे ।
उनी आदर्शनगरको आइसोलेसन सेन्टरमा बस्दा रहेछन् । आइसोलेसनको माथिल्लो कोठाहरु खाली भएछन् । तलमात्रै १०-१२ जना कोरोना संक्रमित रहेछन् । रातीमा माथिल्लो कोठामा कुरा गरेकोजस्तो आवाज आउने, ड्याङडुङको आवाज आएको भान पर्दोरहेछ । त्यसलाई उनले भुतले तर्सायो भनेर अन्यत्र सारिदिन वा अरु संक्रमितलाई ल्याएर माथि राखिदिन फोन गरिरहदा रहेछन् ।
अहिले डिस्चार्ज भएका उनले फोनमा भने, मेरो छोरी अहिले पनि त्यही छ । तल बसेकाहरु सबै डरले राती सुत्नै सक्दैनन् । त्यहाँ बसेकाहरु कोरोनाले भन्दा पनि भुतको डरले मर्छन् कि भन्ने डर भइसकेको छ ।’
आदर्शनगरको आइसोलेसन दुई तले छ । माथिल्लो तलामा अहिले कोही पनि छैनन्, सबै डिस्चार्ज भएर गएका छन् । तल केही मानिस छन् । प्रहरी अर्को भवनमा बसेको छ । तल बसेका मानिसलाई रातीमा भुतले तर्साउँछ भन्ने परेको रहेछ । मान्छेको मन न हो, एकपटक फिलिङ भयो भने त्यसले पटक–पटक झस्क्याइरहन्छ । उनीहरुलाई पनि त्यस्तै भएको हुन सक्छ ।
‘यहाँ भुतले तर्साउँछ, अन्यत्र सारिदेउ वा माथि मान्छे राखिदेउ भनेर हामीले खाना नै नखाने अडान राख्यौ, त्यहाँ बसेका प्रहरीले स्वास्थ्यकर्मीलाई फोन गर्नुस्, तपाईको माग पूरा हुन्छ भनेर एकजनाको नम्बर दिए, उनले भने, त्यसपछि मैले डिस्चार्ज नहुँदासम्म ती व्यक्तिलाई फोन गरिरहे ।’
ती फोन आउने व्यक्ति अरु कोही नभएर कोरोनाका फोकलपर्सन श्रेष्ठ थिए । फोकलपर्सन श्रेष्ठले भुतले तर्सायो भनेर हैरान पारेका थिए, उनी अहिले डिस्चार्ज भएको जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !