थपिने र घर जाने बराबरीजस्तै

नेपालगञ्ज – बाँकेमा शनिबार ५० जना डिस्चार्ज भएका छन् ।
भदौ २७ गते कोरोना पुष्टि भएका उनीहरु शनिबार डिस्चार्ज भएका हुन् । जिल्लाका विभिन्न आइसोलेसनमा बसेका उनीहरु घर जादैछन् । जिल्लामा केही दिनयता थपिने र डिस्चार्ज हुनेको संख्या बराबरीजस्तै देखिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले शनिबार ५० जना डिस्चार्ज भएसँगै अहिलेसम्म एक हजार चार सय ११ जना घर फिर्ता भइसकेको जानकारी दिनुभयो । अब आइसोलेसनमा ३ सय ५१ जना रहेका छन् ।
सरकारले डिस्चार्ज गर्ने एउटै मापदण्ड अर्थात १४ दिनलाई बनाएकाले सँगै संक्रमित भएकाहरु सँगै निको भएर घर जाने गरेका छन् । लक्षण देखिएका हकमा फरक हुन सक्छ ।


error: यो सुविधा उपलब्ध छैन !