क्याम्पस प्रमुखको कोरोनाबाट मृत्यु
नेपालगञ्ज – बर्दियाका एकजना क्याम्पस प्रमुखको कोरोनाबाट मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, ५० वर्षीय क्याम्पस प्रमुखको आज मृत्यु भएको हो ।
असोज ७ गते कोरोना पुष्टि भएका क्याम्पस प्रमुख होम आइसोलेसनमा बसेका थिए । स्वास्थ्यमा गम्भीर समस्या भएपछि उनलाई नेपालगञ्ज अस्पतालमा ल्याइएको थियो । उनको दिउँसो मृत्यु भएको फोकलपर्सन श्रेष्ठले जानकारी दिनुभयो ।
योसँगै बाहिरी जिल्लाबाट उपचार गराउन आउदा बाँकेमा मृत्यु हुनेको संख्या ६ पुगेको छ । यसअघि बर्दियाका दुई जना, कैलाली, अछाम, अर्घाखाँचीका संक्रमितको बाँकेमा उपचारको क्रममा मृत्यु भएको थियो । बाँकेका १२ जनाको मृत्यु भएको छ ।