नेपालगञ्जबाट साइकलमा दोधाराचाँदनी

नेपालगञ्ज – नेपालगञ्जबाट १३ गते बिहान ५ बजे हिडेको ११ सदस्यीय साइकल यात्राको समूह शनिबार नेपालगञ्ज फर्केको छ ।
नेपालगञ्ज साइक्लिङ्ग क्लब आबद्ध टिममा लवराज श्रेष्ठ, राजेश गुप्ता, पुष्कर हमाल, रतन शर्मा, रमेशराज रेग्मी, दिब्यदेव लम्साल, किरण श्रेष्ठ, नारायण थापा र तेजबिक्रम शाह गरी ९ जनाले साइक्लिङ्ग गर्नुभएको थियो भने क्लबका उपाध्यक्ष रमेश मल्ल र सतिश निरौलाले यात्राको डकुमेन्टेसनका लागी यात्रामा सहभागिता जनाउनु भएको थियो ।
एकैदिनमा साइक्लिस्टहरुले दुई सय किलोमीटरको यात्रा पूरा गरि महेन्द्रनगर पुगेको नेपालगञ्ज–दोधाराचाँदनी साइकल यात्राका टिम लिडर तथा नेपालगञ्ज साइक्लिङ्ग क्लबका बरिष्ठ उपाध्यक्ष लवराज श्रेष्ठले जानकारी दिनुभयो । पर्यटन प्रवद्र्धन र कोरोना सचेतना नै यात्राको मुल उद्देश्य रहेको यात्रामा सहभागी राजेश गुप्ताले बताउनुभयो ।


साइकल यात्रीहरुले महेन्द्रनगरको दोधाराचाँदनी पुल, शुक्लाफाटा, भम्केनी धाम र लिङ्गाको अवलोकन गरेका छन् ।
यात्रामा सहभागी हुनुभएका साइकल यात्री रमेशराज रेग्मी केही समय अघि कोरोना जितेर यो साहसिक साइकल यात्रा पुरा गर्नुभएको छ भने अर्का साइकल यात्री ५६ बर्षिय तेजबिक्रम शाहले केही दिन अघि २ सय ५९ किलोमीटर साइक्लिङ्ग एकैदिनमा पुरा गरि नयाँ रेकर्ड कायम गर्नुभएको थियो ।
पछिल्लो केही बर्षदेखि नेपालगञ्जमा क्रियाशील नेपालगञ्ज साइक्लिङ्गका गतिविधिले साइकल प्रति नेपालगञ्ज, खजुरा र कोहलपुरमा साइक्लिङ्ग गर्नेहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ भने साइक्लिङ्गलाई पर्यटकिय प्रोडक्टको रूपमा समेत स्थापित भएको दाबी नेपालगञ्ज साइक्लिङ्ग क्लबका उपाध्यक्ष रमेश मल्लको छ ।
यस्तै सोही दिन नै कोहलपुरमा सक्रिय साइक्लिस्टहरुद्वारा नवगठित स्वर्गद्वारी साइक्लिङ्ग क्लब आबद्ध साइक्लिस्टहरुले कोहलपुर–सुर्खेत–कुइने–कर्णाली चिसापानी हुँदै कोहलपुरसम्मको साइकल यात्रा पुरा गरेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !