कोरोनाबाट ६० वर्षीय पुरुषको मृत्यु
नेपालगञ्ज – कोरोनाका कारण कैलालीका ६० वर्षीय पुरुषको बाँकेको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि कात्तिक १४ गते कोहलपुरमा आएका ६० वर्षीय पुरुषमा भोलीपल्ट कोरोना पुष्टि भएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले बिरामीको गएराती एक बजे मृत्यु भएको जानकारी दिनुभयो ।
कोरोनाका कारण केही दिन यता फेरि दैनिकजसो नै मृत्यु हुन थालेको छ । बाहिरी जिल्लाबाट उपचार गराउन बाँकेमा आउदा मृत्यु हुनेको संख्या २० पुगेको छ । यसअघि हिजो नै दाङका दुई र बाँकेका एकजनाको मृत्यु भएको थियो ।