भन्सालीको फिल्ममा आलिया र दीपिका

बलिउड निर्देशक संजयलिला भन्सालीले बनाउन लागेको फिल्म ’गंगुबाई खतिवाडी’ घोषणादेखि नै चर्चामा छ ।
सलमान र आलियालाई लिएर ‘इन्साअल्लाह’ नाम फिल्म बनाउने घोषणा गरेका संयजले त्यो फिल्म रोकी मुम्बई अन्डरवल्र्डका महिला डनहरु बारेको ’गंगुबाई’ बनाउन लागेका हुन् ।
बलिउडको समाचार पोर्टल कोइमोइका अनुसार यो फिल्ममा भन्सालीकी फेवरेट दीपिका पादुकोणको पनि प्रवेश हुने भएको छ । भन्सालीका यसअघिका फिल्म पद्मावत, बाजीराव मस्तानी र रामलीलामा दीपिका मूख्य भूमिकामा थिइन् । यसमा भने गंगुबाईको मूख्य भूमिकामा आलिया नै हुनेछन् । दीपिका सहायक तर महत्वपूर्ण भूमिकामा देखिने समाचारमा उल्लेख गरिएको छ । पोर्टलले यसको स्वतन्त्र पुष्टि भने गरेको छैन । फिल्ममा अजय देवगन पनि प्रमुख भूमिकामा रहनेछन् । आलिया र अजय ’बाहुबली’ निर्देशक एसएस राजमौलीको फिल्म ’आरआरआर’ मा पनि देखिदैछन् ।
भन्सालीले यसपछि पुरानो फिल्म ’बैजुबावरा’ रिमेक गर्ने घोषणा पनि गरिसकेका छन् । यसमा रणवीर सिंह र अजय देवगन हुनेछन् ।


error: यो सुविधा उपलब्ध छैन !