राप्तीको सतह खतराको तह भन्दा माथि, तटीय बासिन्दालाई सतर्क रहन आग्रह
नेपालगञ्ज – राप्ती नदीमा पानीको सतह बढेको छ । नदीमा पानीको सतहले खतराको तह पार गरेपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सकर्त रहन आग्रह गरेको छ ।
लगातारको वर्षाले राप्ती नदीमा विहान ९.४० बजे ६.२२ मिटर पानीको तह पुगेको छ । नदीमा ५ मिटर पानी पुग्दा सतर्कता अपनाउन आग्रह गरिन्छ भने ५.४ मिटर पुगेपछि खतराको तह मान्ने गरिन्छ ।
प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले नदीमा पानीको तह बढ्ने क्रम जारी रहेकाले अपरान्ह चार बजेसम्म तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन् । प्रमुख जिल्ला अधिकारी खत्रीले नदीमा दाउरा छोप्न, नुहाउन, माछा मार्न नजान आग्रह गरेका छन् ।
भारतले राप्ती नदीमा एकतर्फी बनाएको लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धका कारण नदीको प्राकृतिक बहाव रोकिदा वर्षौदेखि नेपाली भूमि डुवान, कटान र पटानमा पर्दै आएको छ ।