२६ ग्राम ब्राउनसुगरसहित दम्पति पक्राउ
नेपालगञ्ज – काेहलपुर प्रहरीले ठूलाे मात्रामा लागू अाैषधी ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेकाे छ ।
प्रहरीले काेहलपुर नगरपालिका वडा नम्बर १२ चप्परगाैडीबाट एक दम्पतिसहित तीन जनालाई २६ ग्राम ४ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेकाे हाे ।
ईलाका प्रहरी कार्यालय काेहलपुरका डीएसपी एेनबहादुर मल्लका अनुसार रूद्रबहादुर कार्की, उनकी श्रीमती एशाेदा कार्की र मनाेज गिरीलाई पक्राउ गरिएकाे छ ।
कार्कीकाे घरबाट ब्राउनसुगर ताैलिने तराजुसमेत बरामद भएकाले उनी काराेबारी भएकाे अाशंका गरिएकाे छ ।