जंगु र रुपालाई बाँके एमटीबी रेस उपाधी


नेपालगन्ज – जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटीबी रेस 2025 काे मुख्य उपाधी जंगु थारू र रुपा थारूले जितेका छन् ।

पाँच किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२:५८ मिनेटमा निर्धारित दुरी पूरा गरि प्रथम हुँदा विशाल थारू(५७:५६) दाेस्राे र बिमलेस यादव(५७:५८) तेस्रो भए । शीर्ष तीन खेलाडीलाई क्रमश  नगद सात हजार, पाँच हजार र तीन हजारका साथै ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरियाे ।

त्यसैगरी इलाइट महिलातर्फ रुपाले ४३:३६ मिनेटको समय निकालेर काेर्ष पूरा गर्दा कविता सार्कीले ४६:४२ मिनेटकाे समय निकाल्दै दाेस्राे र सीता सार्की ४७:२८ मिनेटसहित तेस्रो भइन् । शीर्ष तीन जनाले क्रमश नगद सात हजार, पाँच हजार र तीन हजारका साथै पदक, प्रमाणपत्र पाउन सफल भए ।

नेपालगन्ज नजिकै डुडुवा गाउँपालिकामा अवस्थित ट्रेल काेर्षमा भएको रेसमा मास्टरतर्फ देव बाेहरा(३४:३१) पहिलो, दीपक मल्ल (३८:४२) दाेस्राे र विशाल श्रेष्ठ (४१:०६) तेस्रो भए । मास्टर तर्फका शीर्ष तीन जनालाई नगद सात हजार, पाँच हजार र तीन हजारका साथै पदक प्रमाणपत्रले कदर गरियाे। त्यस्तै  भेट्रानतर्फ अजय केसी(४१:०३), जितेन्द्र थारू (४२:०८) र कविराम थारू (४४:५१) ले क्रमशः शीर्ष तीन स्थान हासिल गरे ।

युसिआई क्रसकन्ट्री ओलम्पिक फर्म्याटमा सञ्चालन गरिएको रेसमा जुनियर विधामा दिलाेचन बाेहराले ३५:४४ समय निकाल्दै पहिलो, वीरेन्द्र धाेबीले ३५:५५ समय लिई दाेस्राे र रन्जित चाैहानले ३७:०८ समय लिएर तेस्राे स्थान सुरक्षित गरे । भेट्रान र जुनियरतर्फ शीर्ष तीनले पाँच हजार, तीन हजार र दुई हजार नगदका साथै पदक प्रमाणपत्र प्राप्त गरे ।

डुडुवा गाउँपालिका स्थित जंगलमा रहेको याे काेर्ष साइक्लिङका लागि निकै नै सुन्दर र आकर्षक मानिन्छ । साइकल मार्फत पर्यटक भित्र्याउन गाउँपालिकाले यस रेसलाई महत्त्वपूर्ण आर्थिक सहयोग गरेको रेस आयाेजक नेपालगन्ज बाइसाइकल्सका प्रमुख गगन थापाले जानकारी दिए । टिम द एजकाे सहकार्यमा भएको याे रेस हरेक बर्ष सञ्चालन गरिने थापाले बताए ।


error: यो सुविधा उपलब्ध छैन !