११ महिलासहित ६० जनाले रक्तदान गरे
नेपालगन्ज- गोपाल-नीना फाउण्डेशन, नेपाल र जनमत अर्ध साप्ताहिकद्वारा “वृहद् रक्तदान कार्यक्रम’ को आयोजना गरिएको छ ।
बाँके जिल्लामा अहिले रगतको अभाव भइरहेको अवस्थालाई मध्यनजर गर्दै “रक्तदान गरौं : जीवन उपहार दिउँ” भन्ने नाराका साथ जनमत रक्तदान अभियानको ६४ औं श्रृङ्खलामा सम्पन्न उक्त कार्यक्रम ११ जना महिलासहित ६० जनाले रक्तदान गरेको गोपाल–नीना फाउण्डेशनका सहनिर्देशक डा. तृप्ती पाल रमणले जानकारी दिनु भयो ।
११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर शनिबार गरिएको सो अवसरमा “रक्तदान जीवन दान”को महान उद्देश्यका साथ जनमत अर्धसाप्ताहिकको रजत उत्सवको अवसरमा वि.सं. २०६३ साल वैशाख २९ गतेदेखि निरन्तर रुपमा सञ्चालन गर्दै आएको “त्रैमासिक जनमत रक्तदान कार्यक्रमको ६४ औं श्रृङ्खला” मा रक्तदान अभियानको शुभारम्भदेखि नै निरन्तर रक्तदान गरेर मानवीय कार्यमा अतुलनीय योगदान गरेकोमा उच्च कदर गर्दै स्वयम्सेवी रक्तदाताहरुलाई सम्मान गरिएको थियो ।
यसरी सम्मानित हुने स्वयम्सेवी रक्तदाताहरुमा लक्ष्मणप्रसाद वैश्य, निरजमान श्रेष्ठ, अशफाक संघर्ष जसगढ, पवनकुमार प्रसाद वैश्य, विनोदकुमार गुप्ता र गौतमप्रसाद पौडेल हुनुहुन्छ । सम्मानितहरुलाई फाउण्डेसनका संस्थापक अध्यक्ष डा. गौरव श्रेष्ठ र नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाहले खादा ओढाएर सम्मान पत्र हस्तान्तरण गर्नु भएको थियो ।
फाउण्डेसनका संस्थापक अध्यक्ष डा. गौरव श्रेष्ठ, सहनिर्देशक डा.तृप्तीपाल, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, जनमत अर्धसाप्ताहिक पत्रिकाका सम्पादक पूर्णलाल चुकेले प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, होमराज गिरी, महेश राना क्षेत्री र पवित्रा जैसीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो ।
स्थानीय गणेशमान चोक स्थित गोपाल-नीना फाउण्डेशन, नेपालगन्जको कार्यालयमा आयोजित उक्त रक्तदान गर्नेहरुमा नेपाल स्वयंसेवी रक्तदाता समाज राप्तीसोनारीकी उपाध्यक्ष अमृता केसी, उर्दू साहित्यकार असफाक संघर्ष जसगढ, लक्ष्मणकुमार वैश्य, निरजमान श्रेष्ठ, महेश श्रेष्ठ, पंकज आले, टिकाराम खनाल, नितिन चक्रवती, राप्तीसोनारी गाउँपालिका वार्ड नं.६ का वडाध्यक्ष लवराज खरेल, अनिल खनाल, सबिन खनाल, दिगम्बर पाण्डे, विनयकुमार शाह, कमल महत, लोकनाथ शर्मा, सिकेन्द्र दास, रबिन थापा, रोशन रावत, डा.चन्दन सिंह, अनिता श्रेष्ठ, अनुराज पाण्डे, दिलिप गिरी, पत्रकार खम्बप्रसाद पुन, ओम प्रकाश साउद, दिनेश वर्मा, अकरम मनिहार हुनुहुन्थ्यो ।
त्यसैगरि एसओएस युवालय नेपालगन्जकी सहनिर्देशक मीना तुलाधर, सपना सिजापति, तुलसी सार्की, सम्झना खडका, सबिना नेपाल समेत पाँच जना, जानकी गाउँपालिका वार्ड नं.५ गुरुवा गाउँका पूर्व वडाध्यक्ष रमेशकुमार वर्मा, उपेन्द्र बम, युवराज मगर, पंकज कनौजिया, बिर्जन रजाली, बसन्त अधिकारी, सुभाष गुप्ता, मीना तुलाधर, सपना सिजापति, तुलसी सार्की, सम्झना खडका, सबिना नेपाली, धमेन्द्र कुमार वर्मा, पवनकुमार गुप्ता, गौतमप्रसाद पौडेल, गौरव शाक्य, लोकेन्द्र प्रसाद भट्ट, डा.जयकृष्ण वर्मा, प्रकाश चौधरी, हेमन्त थापा, पुष्पा सिंह, राजेन्द्र थारु, पवनकुमार वैश्य, प्रकाश शाही, एकता युवा क्लब पुरैनीका अध्यक्ष राजेशकुमार यादव, नेपाल स्वयंसेवी रक्तदाता समााज बाँकेका सदस्य होमराज गिरी, भागवती गौतम, मुना केसी, सुनिल रसाइली, विजय केसी, सचिन पाण्डे, माया ज्ञवाली, कमलेश कुमार कर्ण लगायतले रक्तदान गरेका थिए ।
फाउण्डेसन कार्यालय प्रमुख दिलिप गिरीका अनुसार उक्त रक्तदान कार्यक्रममा प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, होमराज गिरी, सुनिल थापामगर, महेश राना क्षेत्री पबित्रा जैसी, सञ्जय बढही, वीरेन्द्र योगी प्राविधिक सहयोग र अन्यमा निखिल जायसवाल, प्रतिभा पौडेल, रोशनी रानामगर, सबनम बुढा, मदन शर्मा, युवराज सिंह, नितेष पौडेल, दिलिप गिरी, अनूप आर्या लगायतले सहयो गरेका थिए ।
कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज राप्तीसोनारीकी अध्यक्ष दिब्या गुरुङ, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार तथा कार्यक्रम संयोजक पवन जायसवाल, भारतीय सञ्चारकर्मी रुपईडिहा पत्रकार संघका अध्यक्ष शेर सिंह कशौंधन, इरशाद हुसैन लगायतको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रमका लागि विगत १९ वर्षदेखि निरन्तर त्रैमासिक रुपमा रक्तदान कार्यक्रम गर्दै आएको जनमत अर्धसाप्ताहिक, अन्नपूर्ण ग्याष्ट्रो केयर अस्पताल, नेपाल स्वयम्सेवी रक्तदाता समाज, बाँके, हेल्थ याद आयो (मोवाइल हेल्थ एप)ले समन्वय र सहकार्य गरेको थियो ।