खानपान नसुधारे नसर्ने राेगकाे जाेखिम


नेपालगन्ज – सरकारले यतिबेला ३० वर्ष माथिका मानिसमा नसर्ने राेगकाे अवस्था बुझ्न अभियान सञ्चालन गरेकाे छ । स्वास्थ्य कार्यालय, बाँकेले पालिकाहरुमा गएर सचेतना जगाउनेदेखि स्क्रिनिङ जाँच गरिरहेकाे छ ।
अाइतबार नेपालगन्जका सञ्चारकर्मीका लागि नसर्ने राेग पहिचान, राेकथाम र नियन्त्रणका लागि अभिमुखीकरण अन्तरक्रिया र पैरवी गाेष्ठी तथा स्क्रिनिङ जाँच कार्यक्रम गरेकाे छ ।
स्वास्थ्य कार्यालय, बाँकेकी प्रमुख सुनिता पाैडेलले सय जनाकाे मृत्यु हुँदा ६६ जना जना नसर्ने राेगका कारण मृत्यु भइरहेकाे बताउँदै जीवनशैली र खानपान नसुधारे नसर्ने राेगकाे जाेखिम अझ बढ्ने बताइन् ।
राेग लाग्न नदिन नियमित अभ्यास, हिडाई, घरमै उत्पादित खानेकुरामा जाेड गर्न अाग्रह गर्दै पाैडेलले अाहार बिहार सुधारे यसबाट वचन सकिने बताइन् ।
मधुमेह, रक्तचाप, क्यान्सर, मृर्गाैला सम्बन्धी राेग यसमा पर्छन् । कार्यालयका फाेकलपर्सन नरेश श्रेष्ठले नसर्ने राेगकाे नियमित परीक्षण गर्नु पर्ने बताउँदै दैनिक पसिना निकाल्ने गरि एक्सरसाइज गर्न अाग्रह गरे ।
कार्यालयले फाल्गुन महिना मात्रै नभएर याे राेगबारे निरन्तर सचेतना कार्यक्रम गर्ने जनाएकाे छ ।
यहांका अधिकांश पत्रकारमा सुगरकाे मात्रा बढी देखिएकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !