संविधानविरुद्वकाे गतिविधिप्रति सबै दल एक हुनु पर्ने तिमिल्सेनाकाे उद्घाेष


नेपालगन्ज – लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सेनाले संविधानकाे विरुद्वमा भइरहेकाे गतिविधिप्रति सबै दल एक हुनु पर्ने बताएका छन् ।
नमुना समाज विकास केन्द्रकाे अाज बैजनाथ गाउँपालिकाकाे वनकटवामा भवन शिलान्यास गर्दै मन्त्री तिमिल्सेनाले संविधानकाे रक्षा गर्न सत्ता र विपक्षी सबै एक हुजु पर्ने बताए । देशभर पछि काठमाडाै केन्द्रित हुँदै गएकाे राजा ल्याउने अान्दाेलनलाई संकेत गर्दै मन्त्री तिमिल्सेनाले त्यसकाे विरुद्व संविधान जारी गर्ने दलहरु एकजुट हुनु पर्ने बताए ।
मन्त्री तिमिल्सेनाले शिक्षाकाे गुणस्तर सुधार्न अाफू लागि परेकाे बताए । उनले लुम्बिनीमा ८० हजारले परीक्षा दिदा ३१ हजार मात्र पास भएकाे बताउँदै यतिधेरै किन फेल भइरहेका छन्, त्यसकाे साेधीखाेजी गरिरहेकाे बताए ।
उनले नमुना समाज विकास केन्द्रले समाजमा बिकृति हटाउने, सामाजिक सद्भाव कायम गर्ने, सांस्कृतिक संरक्षणसँगै पछाडी परेका समुदायकाे पक्षमा काम गर्नु पर्ने बताए ।
बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले समाज परिवर्तनमा नमुना समाज विकासले राम्राे काम गरिरहेकाे बताए ।
संस्थाका अध्यक्ष टिकाराम रिजालले २०६५ सालमा स्थापना भएकाे संस्थाले समाज परिवर्तनका लागि निरन्तर काम गरिरहेकाे बताए ।
संस्थालाई भवन बनाउन प्रदेश सरकारले १० लाख रुपैया सहयाेग गरेकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !